कुर्सी इतिहास हो
भूगोल हो
देश हो
लोकतन्त्र हो
संविधान हो
समृद्धि हो
सुख हो
सबथोक हो कुर्सी
त्यसैले कुर्सी वर्षौंदेखि अटुट विराजमान छ।
कुर्सी संस्कृति हो
दर्शन हो
विरासत हो
क्रान्ति हो
सबथोक हो कुर्सी
कुर्सीमा लिप्सिनेलाई सोध
के कुर्सी खतरामा छ?
छ भने सबै खतरामा छ
सबै दुर्घटनामा छ
इतिहास, भूगोल, देश, लोकतन्त्र, संविधान,
समृद्धि, संस्कृति, दर्शन, विरासत, क्रान्ति।
अपसोस!
आज कुर्सी भयभित छ
किन भयभित छ कुर्सी अचेल?
मानप्रतिष्ठा,
भोगविलास,
उच्च विरासत,
अकुत दौलत,
हजारौँ लावालस्कर बावजूद?
किनकि एकदिन
उत्पीडितहरूले
कुर्सीलाई भयभित हुन बन्द गरिदिन्छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ०१:५६:४०