जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन्।
उनी कारागारबाट छुटेसँगै उनका शुभचिन्तक/शुभेच्छुकले फूलका गुच्छा, माला र खादा लगाएर स्वागत गरे।
उनको स्वागतका लागि डिल्ली बजार कारागार क्षेत्रमा कार्यकर्ताको भीड लागेको थियो। उनलाई कार्यकर्ताको बधाई दिएका थिए।
रिहा भएपछि पनि उनले कुनै प्रतिक्रिया भने दिएनन्।
तीन महिना १७ दिन डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरा सोमबार अपरान्ह थुनामुक्त हुँदा पनि रातो कार चढेर निवास फर्केका छन्। त्यो त्यही रातो कार हो जसमा चढेर उनी जेल गएका थिए।
महरा खुमलटारस्थित निवास गएका हुन्।
सबै तस्बिर : नारायण महर्जन