नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड सर्वाधिक मत ल्याएर विजयी भएका छन्।
बुधबार सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार उनी ३७७ मत ल्याएर विजयी भएका हुन्।
सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका नरनारायण शाह ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २ सय ३५ मत ल्याएर विजयी भएका छन्।
यस्तै, गणेश देउवा २२६, कृष्णबहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धवबहादुर विष्ट १९४ र हरिश खड्का १ ८७ मत ल्याएर विजयी भएका छन्।
यस्तै, महिलातर्फ निपा चोखाल २८७, डम्बरी महरा २४३, पुष्पा भट्ट २१५ र रिता बम भण्डारी २२० मत ल्याएर विजयी भएका छन्।
यस्तै, अपांगतर्फ धर्मराज ओझा २२४ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका छन्।