मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएपछि संघर्षरत् संयुक्त विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएको छ।
विभिन्न आठ राजनीतिक दलनिकट विद्यार्थी संगठन मेडिकल कलेजको अतिरिक्त शुल्कविरूद्ध आन्दोलनमा थिए।
सोमबार विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालय प्रशासनबीच भएको सहमतिपछि आन्दोलन फिर्ता लिइएको विद्यार्थी संगठनले जनाएका छन्।
वार्तामा डिन कार्यालय र रजिष्ट्रार कार्यालयले अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई ऐच्छिक गर्ने तथा होस्टेल शुल्क र अतिरिक्त शुल्कबापत पठन-पाठन लगायत सुविधाबाट बञ्चित विद्यार्थीलाई नि:शर्त कक्षामा सामेल गराउने निर्णय गरेका थिए।
यो निर्णयपछि हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्त जारी गरी जनाएको छ।