सडकभरि
फूलेका छन्
रङिन फूलहरू
फक्रेका छन् कोपिलाहरू
सामाजिक सञ्जालमा
मुस्कुराउँदै फूल बन्नको लागि
खेती राम्रो फस्टाएको छ
लटरम्म फलेका छन्
फलफूलहरू
आऊ हामी पनि अब
झुटको खेती गरौँ
छलकपटका कोपिला जोगाऊँ
ढाँटका गीतहरूमा रमाएर नाचौँ
मिठा-मिठा
स्वार्थका फलफूल
स्वाद मानेर खाऊँ
खुराफाती फूलहरूको
सौन्दर्यमा
लट्ठ परौँ
यहाँ
किन खोजेर हैरान
हुन्छौ साथी
इमानदारिता र सत्यताको
बीउ त उहिले नै मासिइसकेको छ।