नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गरिरहेका छन्।
ओली बोलिरहेकै बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरे। उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोलेको भन्दै त्यस्तो भन्न नपाउने जिकिर गरे।
‘सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, यो संसद् चलिरहेको छ, चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौं। कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्,’ खतिवडाले भने।
त्यसपछि ओलीले कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाऊँ भनेर सदन अवरुद्ध गरेको भन्दै नियमापत्ति गर्नु अनौठो नभएको जिकिर गरे।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, १५:०६:००