नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको आलोकनगरमा आकाशेपुल निर्माण गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सिंहले आलोकनगर र प्रयागमार्गबीचमा आकाशेपुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
यो क्षेत्रमा सवारी दुर्घटना भइरहेकोले स्थानीय बासिन्दाले आकाशेपुल निर्माण गर्न माग गरिरहेको सिंहको भनाइ छ।
‘काठमाडौं क्षेत्र नम्बर १ स्थित शान्तिनगर क्षेत्रमा पैदलयात्रा कठिनाइ छ। केही वर्षदेखि यहाँ धेरैले ज्यानसमेत गुमाइसकेका छन्। सवारी दुर्घटनाका कारणले स्थानीय बासिन्दाले आलोकनगर र प्रयोगमार्गबीचमा आकाशेपुल बनाउनुपर्छ भन्ने माग गरिरहेकोले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भने।