संघीय संसदको दुवै सदनको बैठक बस्दै छ।
दुवै सदनको बैठकमा सरकारले गत जेठ ५ गते आर्थिक वर्ष २०८०८१ का निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठकले बिहान ११ बजे बोलाइएको छ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।
नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कडारूपमा प्रस्तुत भएको छ।
आफ्नो नेतृत्वको सरकारको पालामा ल्याइएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी प्राविधिक विश्वविद्यालयलगायतका कार्यक्रम हटाइएको भन्दै उसले नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्ने बताइरहेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएको छ।