प्रतिनिधि सभा बैठक बसिरहेको छ ।
बिहान ११ बजेबाट सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नीति तथा कार्यक्रम गतिहीन भएको भन्दै पुनर्लेखन गर्न भनेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने बताएका छन्
सत्ता पक्षका सांसदहरूले भने कार्यान्वयनमाथि शंका गरेका छन्।