राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा बजेट महात्म्य चलिरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै विगत ३३ वर्षदेखि यस्तै महात्म्य चलिरहेको र अहिले पनि त्यसैले निरन्तरता पाएको बताएका हुन्।
‘म पहिला पनि नीति कार्यक्रम बनाउँदा सदनको दर्शकदिर्घामा हुन्थें। दर्शकदिर्घाबाट ६ महिनामै संसदमा आइपुगेको छु। यहाँ त बजेट महात्म्य पो चल्दो रहेछ। राष्ट्रपति ल्याएर पारायण गरिँदै रहेछ, जेठ १५ गते साङ्गे गरिन्छ,’ उनले भने।
बजेट तर्जुमा गर्दा मन्त्रीहरूले मैले पारिदिएको, मैले ल्याएको भन्ने गरेको बताउँदै, यसपटक रास्वपाले त्यस्तो हुन नदिने पनि बताए।