मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।
अपराह्नबाट सुरु भएको बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ।
आजैमात्र मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए।
राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्र महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए। त्यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री तोकेका थिए।
सोमबार र शुक्रबार नियमित मन्त्रिपरिषद् बैठक बस्दै आएकामा प्रचण्ड प्रधानमन्त्री भएर आएपछि कार्यतालिका बदलिएको छ।
अहिले सातामा एक दिन मंगलबार मात्र मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।