माओवादी केन्द्रमा सांसद पूर्णबहादुर घर्तीले नेकपा (एमाले)लाई बजेट अघिल्ला सरकारले ल्याएकै कपी–पेस्ट हो भने ताली बजाउनुस् भनेर जवाफ फर्काका छन्।
उनले एमाले अध्यक्ष केपी ओलीले सरकारले चिट चोरेर नीति कार्यक्रम तयार पारेको भनेर गरेको टिप्पणीको जवाफ फर्काएका हुन्।
प्रमुख प्रतिपक्षी दलको नेताले नै भन्नुभयो, चिट चोरेको, कागजको खोस्टो, कतिपय माननीयहरूले कम्प्युटरबाट कपी गरेको पनि भन्नुभयो। यसो भन्दै गर्दा मैले बुझ्न नसकेको कपी पेस्ट कस्को? एमालेको ?,’ प्रतिनिधि सभाको बैठकमा उनले जवाफ फर्काउँदै भने, ‘एमालेको कपिपेस्ट, चिट चोरेको हो भने त एमालेकै भयो। फेरि विरोध किन गर्नुपर्यो? ए भाइ! हाम्रै परेछ, समर्थन गर, ठोक ताली भने हुँदैन ?’
सत्ता पक्षको सांसद भए चित्त नबुझे पनि नीति कार्यक्रम युगान्तकारी, वस्तुवादी, व्यवहारिक छ भन्ने, प्रतिपक्षीको छ भने यो केही पनि होइन, यहाँ पनि छैन भन्ने परम्परा बसेको पनि बताए।
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ।