नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरिनुपर्ने बताएका छन्।
छानबिन कार्यलाई निष्पक्ष बनाएर देशमा विधिको शासन छ भन्ने अनुभूत हुनुपर्ने उनले बताए।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले कानून सबैलाई बराबर हुने बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा विधिको शासन छ भन्ने अनुभूत हुने गरी कानून सबैलाई बराबरी सिद्धान्तअनुसार निष्पक्ष भएर काम गर्न म सबैको ध्यानाकर्षण गराउँछु,’ उनले भने।
नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सिंहले विद्यार्थीलाई पढाइ सकेपछि सम्बन्धित पालिकामा ६ महिनाका लागि काम गर्न पठाउनुपर्ने पनि बताए। उनले कम्तीमा ५ लाख युवालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताए।