प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने बताएका छन्।
शनिबार प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासीको समस्यालाई दुई वर्षभित्र समाधान गर्ने बताएका हुन्।
‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने पनि नीतिमा समेटिएको छ। म के भन्न चाहन्छु भने सरकारको लक्ष्य दुई वर्षभित्र समस्या समाधान गर्ने संकल्प सरकारले लिएको छ,’ उनले भने, ‘यो घोषणा गर्न चाहन्छु।’
नीति तथा कार्यक्रम जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए। त्यसक्रममा अहिले यस विषयमा छलफल भइरहेको हो।