प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
शनिबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकताको समस्या यसपालि समाधान हुने बताएका हुन्।
यसअघि दुईदुई पटकसम्म संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपति कार्यालयमा 'होल्ड'मा बसेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सरकारले अनुरोध गरिसकेको जानकारी गाए।
राष्ट्रपति कार्यलयले खारेज गर्ने र फिर्ता गर्ने प्रावधान संविधानमा नभएकाले कसले खोज्ने भन्ने विषयमा छलफल हुँदा जहाँबाट उत्पत्ति भयो त्यहीँबाट खोजी गर्न सबैभन्दा बढी वस्तुवादी र वैज्ञानिक हुने निष्कर्षसहित मन्त्रिपरिषद्ले विगतको यथार्थ विवरणसहित राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उनले बताए।
'पत्र राष्ट्रपतिकोमा पुगेको छ। राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेर नागरिकतासम्बन्धी विगतमा जे हामीले दुबै सदनबाट पारित गरेर पठाएको थियौं त्यो समस्याको योपटक समाधान हुन्छ भन्नेमा विश्वास लिएका छौं,' प्रधानमन्त्री प्रचण्डले भने।