विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।
विराटनगरको देवकोटा चोकमा कोशी प्रदेश नामकरणको विरोधमा आइतबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको पहिचानवादी र प्रहरीबीच झडप भएको हो।
प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर प्रदेश सभा भवनतर्फ जान खोजेपछि प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको थियो।







