संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बसिरहेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।
प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।
सरकारले बजेटको तयारी पनि गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।