प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका राष्ट्रपति दौपदी मुर्मूबीच शिष्टाचार भेट भएको छ।
चारदिने भारत भ्रमण रहेको प्रचण्ड र मुर्मूबीच राष्ट्रपति भवनमा शिष्टाचार भेट भएको हो।
उनले यसअघि भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले यसपछि उनी बसेको होटल मौर्यमा नेपाल–भारतका उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्नेछन्।
भ्रमणको तेस्रो दिन अर्थात् भोलि उनी इन्दोर प्रस्थान गर्नेछन्। भोलि उनी त्यहीँ बस्नेछन्।
प्रचण्ड शनिबार अपराह्न स्वदेश फिर्ता हुने कार्यसूची तय गरिएको छ।