चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार (आज) इन्दोर जाँदैछन्।
मध्यप्रदेशको इन्दोर फोहोर व्यवस्थापनको नमूनायोग्य सहर हो । सफा र व्यवस्थित पनि छ।
प्रधानमन्त्री प्रचण्डले त्यहाँको फोहोर व्यवस्थापनको अवलोकन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड आज दिउँसो १ बजे इन्दोर पुग्नेछन्। उनी आज राति त्यहीँ बस्ने कार्यतालिका रहेको छ।
त्यस्तै आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेटघाट गर्नेछन्। साँझ मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।
प्रचण्ड शनिबार अपराह्न स्वदेश फर्कने कार्यतालिका छ।