नेकपा (एमाले) को शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय विभागको नेतृत्व हेरफेर गरेको छ।
एमालेले संगठन विभाग प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीलाई दिएको हो।
यसअघि संगठन विभाग प्रमुख खगराज अधिकारी थिए।
यस्तै एमालेले प्रचार विभागको प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ।
यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरूङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो।
स्थायी कमिटी सदस्य, पोलिटब्युरोलाई जिल्लाको इन्चार्ज तोकिएको पार्टी उपमहासचि प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।
गत वैशाख २८ देखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले यसअघि तोकिएकोभन्दा फरक भूगोलमा गएर काम गर्ने गरी जिम्मेवारी तोक्ने निर्णय गरेको थियो।
त्यहीअनुसार नै सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको हो।
हेर्नुहोस् अरू के-के निर्णय भए?



