भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मध्यप्रदेशको इन्दौरमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।
शुक्रबार नयाँ दिल्ली फर्कनुअघि प्रधानमन्त्री प्रचण्डले टाटा कम्पनीको अवलोकन गरेका हुन्। अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले सुनाखरीको बिरूवासमेत रोपे।
अवलोकनपछि उनले टाटा कम्पनीजस्तै नेपालको सूचना प्रविधिका क्षेत्रमा पनि लगानी गर्न आह्वान गरे
'टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ,' प्रधानमन्त्री प्रचण्डले भने।
सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले पनि नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे।
'नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन् लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौँ,' उनले भने।








तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय