राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ब्रुनाई, चिली, क्रोएसिया, काजखस्तान, लिथुआनिया र अल्जेरियामा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई, ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई चिली, अष्ट्रियामा रहेका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया र रूसका लागि राजदूत मिलनराज तुलाधरलाई काजखस्तानका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको हो।
त्यस्तै डेनमार्कका लागि राजदूत रामस्वार्थ रायलाई लिथुआनिया र इजिप्टका लागि राजदूत रहेका सुशील लम्साललाई अल्जेरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको हो।