प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै नेकपा एमालेले संसदमा विरोध गरेको छ।
बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध गर्दै आएका छन्।