आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको अहिले संसदमा छलफल भइरहेको छ।
अहिले कांग्रेसका सांसद विमलेन्द्र निधिले बोलेका छन्। त्यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झन्डै २ घण्टा संसदमा बोलेका थिए।
यसअघि करका दर हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई राखेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिएका थिए।