काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेल्जियम जाने भएका छन्।
बेल्जियमको ब्रसेल्समा आयोजना हुने 'अर्बान समिट' मा भाग लिन मेयर शाह त्यसतर्फ जाने भएका हुन्। यो कार्यक्रम जेठ २९ गतेदेखि ३२ गतेसम्म चल्नेछ।
मन्त्रिपरिषदको आजको बैठकले मेयर शाहलाई ब्रसेल्स जान अनुमति दिने निर्णय गरेको छ।