लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले जानकारी दिए।
प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ।
बैठकले आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तान्तरण अन्तर्गत समपूरक बजेटमा हेरफेर गर्ने निर्णय समेत गरेको छ।