नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ।
भक्तपुरको लोकन्थलीमा बिहान ११ बजेदेखि बैठक बस्ने नेसपाको राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ।
बैठकमा अध्यक्ष बाबुराम भट्टराईले 'अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प' शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेछन्।
यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुनेछ। पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने पाण्डेले जानकारी दिए।
बैठक भोलिसम्म चल्नेछ।