विवेकशील साझा पार्टीको बागमती प्रदेश अधिवेशन भदौ ९ गते हुने भएको छ।
शनिबार केन्द्रीय कार्यालय बखुन्डोलमा बसेको बागमती प्रदेश बैठकले भदौ ९ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको संयोजक सुरज प्रधानले जानकारी दिए।
प्रधानको संयोजकत्वमा २५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक समिति पनि गठन गरेको छ।
सो समितिमा बागमती प्रदेशका पदाधिकारीबाहेकका केन्द्रीय सदस्यहरू पदेन सदस्य रहनेछन्।