प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका कार्कीविरूद्ध परेका उजुरीमाथि बिहीबार (जेठ ३२ गते) सुनुवाइ गर्न लागेको हो।
उनीविरूद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिले बुधबार सबै उजुरीकर्तासँग छलफल गर्न लागेको हो।
त्यसपछि सुनुवाइ गर्ने समितिको तयारी छ।