राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।
पार्टी कार्यालयमा वसुन्धरामा बिहान ११ बजे भेटवार्ता भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन्।
भेटमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप कसरी नेपाली माटोमा प्रयोग गर्न सकिन्छ भनेर कुराकानी भएको उनले बताइन्।
‘नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भयो,’ उनले भनिन्, ‘समसामयिक विषयमा पनि कुराकानी भयो।’
भेटमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल सहभागी थिए।