प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको दाबी गरेका छन्।
प्रधानन्यायाधीशमा सिफारिस कार्कीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाइ जारी छ।
उनले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको बताएका हुन्।
गोलाप्रथा लागु भएपछि न्यायिक विचलन दुर हुँदै गएको उनको तर्क छ।
‘गोलप्रथा लागू भएपछि धेरै सिनियर कानून व्यवसायीसँग छलफल गरेँ। देशभरका न्यायलमा पनि बुझेँ,’ उनले सुनुवाइ समितिमा भने, ‘न्यायिक विचलनको अवस्था छ कि छैन भन्दा, ६० प्रतिशतभन्दा बढी घटाउन सफल भएका छौँ।’
सरकारले वैशाख २५ गते नै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भए पनि संसदीय समिति गठन नहुँदा उनको सुनुवाइ रोकिएको थियो।