सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गर्दैछ। स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्नेछ।
'मुख्यसचिव उहाँलाई नै बनाउने कुरा छ, आज बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुन्छ,' स्रोतले सेतोपाटीसँग भन्यो।
मन्त्रिपरिषद्को बैठक अहिले पौने दस बजेलाई तय गरिएको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। बैठक सिंहदरबारमा बस्नेछ।
बैकुण्ठ अर्यालले २ असारमा अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव बनाउन लागेको हो।
उनी हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन्।
यसअघि उनले सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोगमा काम गरेका थिए।
सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालय बजेट महाशाखामा काम गरेका थिए। बजेटको समयमा खारेज गरिने निकायको अध्ययन पनि उनी नेतृत्वको कमिटीले नै गरेको थियो।
उनी २०४९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
यता अहिले मुख्यसचिव रहेका शंकर दास वैरागीलाई मन्त्री सरहको सेवा सुविधा दिएर नियुक्ति दिने तयारी भएको स्रोतले जानकारी दियो।