सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एनपी साउदले जानकारी दिए।
उनलाई सरकारले मन्त्रीसरहको सेवा–सुविधा दिएर सल्लाहकार नियुक्त गरेको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजसम्म थियो।
बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।
पाँच वर्षे सचिवको कार्यकालबाट असार २ गते बिदा हुन लागेका अर्याललाई मुख्य सचिव बनाइएको हो।