मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेलले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दएका हुन्।
राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले उनलाई बिहान सबेरै भर्ना गरिएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको सचिवलायका अनुसार मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
अहिले उनलाई चिकित्सकहरूको 'अब्जरभेसन' मा राखिएको छ।
राष्ट्रपति पौडेल मंगलबार मात्रै शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए। त्यहाँ एन्जियोग्राम गरेपछि उनी बुधबार डिस्चार्ज भएका थिए।
महिनादिन अघि मात्रै राष्ट्रपति पौडेल भारतमा उपचार गरी फर्किएका थिए।