लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल तत्काल बन्द गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले बालबालिकाहरू पब्जी खेलबाट पागलजस्तै भएकाले तत्काल बन्द गर्न माग गरेका हुन्।
'आज हाम्रो बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागलजस्तो भइरहेका छन्। त्यसैले यो पब्जी गेम तुरून्त बन्द गरियोस्,' उनले भने।
उनले बोर्डरमा सय रूपैयाँको सामान ल्याउँदा पनि जफत गर्ने गरिएकोप्रति त्यसलाई बन्द गर्न आग्रह पनि गरेका छन्।
यसअघि बिबाह, ब्रतबन्ध, पुजाआजा र मृत्युको कार्यमा सम्बन्धित विषयको कार्ड देखाएर ल्याउन सकिने प्रबन्ध रोकिन नहुने बताए।
'सय रूपैयाँको सामान ल्याउँदा पनि बोर्डरमा जफत गरिएको छ,' उनले भने, 'विवाह ब्रतबन्ध पुजाआजा र मृत्यु कार्यमा सम्बन्धित विषयको कार्ड देखाएर समान ल्याउने चलन थियो। त्यो चाहीँ नरोकियोस्।'