नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित 'समाजवादी मोर्चा' घोषणा कार्यक्रम सुरू भएको छ।
राष्ट्रिय सभागृहमा निर्धारित समयभन्दा केही ढिला गरी कार्यक्रम सुरु भएको हो। मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।
'उहाँ आज नआउने हुनुभयो,किन आउनुभएन भन्ने विषय कार्यक्रममा नेताहरूले बताउनुहोला,' एकीकृत समाजवादीका एक नेताले सेतोपाटीसँग भने।
संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गरेका हुन्।