नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाली जनता फेरि एकपटक जर्याकजुरूक उठ्न जरूरी रहेको बताएका छन्।
समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले निराशाले बिसर्जन गर्ने र यसले शासकलाई मात्र फाइदा गर्ने भएकाले एकपटक फेरि जर्याकजुरूक उठ्न आवश्यक रहेको बताएका हुन्।
'निराशाले समाप्त पार्छ। यसले उत्पीडक शासकलाई मात्र फाइदा गर्छ। विदेशी साम्राज्यवादीलाई मात्र फाइदा गर्छ। नेपाली जनताहरू एकपटक फेरी जर्याकजुरूक उठ्न जरूरी छ,' उनले भने।
विगतमा आत्मविश्वास, जोश र निर्भिकताका साथ गरेको योगदानले नै परिवर्तन सुनिश्चित भएको र अब ती परिवर्तनको रक्षाका लागि र समाजवादतर्फको यात्राका लागि एकपटक पुन उठ्न आवश्यक रहेको बताए।