समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कमरेड भनी सम्बोधन गरेका छन्।
मोर्चा घोषणा कार्यक्रममा सबैभन्दा अन्तिम वक्ताको रूपमा बोलेका प्रचण्डले यादवलाई 'कमरेड उपेन्द्र यादव' भनी सम्बोधन गरेका हुन्।
प्रचण्डले उपेन्द्रलाईकमरेड भनेपछि हलमा तालीको गडगडाहट गुञ्जिएको थियो।
'कमरेड उपेन्द्र यादव' भनेपछि प्रचण्ड केही क्षण राोकिएका थिए। उनले कमरेड सुन्दा उपेन्द्र यादव अनुहारको भाव हेरे.. मुसुक्क हाँसे र सम्बोधन अगाडि बढाए।
त्यसपछि कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले प्रचण्डको अभिव्यक्तिको स्वागत गर्दै ताली बजाएका थिए। कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यादवलाई कमरेड भनी सम्बोधन गरेका थिए।