नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।
मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाइ रूटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए।
‘सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौं। हवाइ रूटको बारेमा हामीले छलफल गरिरहेका छौं। यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने।
उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको बताए।