नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बाराको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरू फेला परेकाले संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने उनले माग गरेका हुन्।
यस्तै विश्व सम्पदा सूचिमा सुचिकृत गर्न उपयुक्त हुने उनको तर्क थियो।
सांसद मैनालीले सो क्षेत्रलाई प्राचिन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराएका थिए।
‘बाराको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो। अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरू फेला परिराखेको छ,’ उनले भने, ‘तसर्थ, म सरकारसँग प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस्। र, विश्व सम्पदा सूचिमा समावेश गरियोस भनेर जोडदार माग गर्न चाहन्छु।’
यो पनि: सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो ब्रह्माको मूर्ति