जनता समाजवादी पार्टी(जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
आज साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको जसपाका पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुने बस्नेतले जानकारी दिए।
आज चारदलीय समाजवादी मोर्चामा पार्टी सहभागी भएको विषयमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यहरूलाई ब्रिफिङ गर्नेछन्।