सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।
‘बैठक दिउँसो २ बजे बोलाइएको छ, कार्यसूची तय भइसकेको छैन,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं एकीकृत समाजवादीको सांसद प्रकाश ज्वालाले सेतोपाटीसँग भने।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीका सांसदहरूले बजेटमाथि तीव्र असन्तुष्टि जनाइरहेका छन्। पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र पाण्डेले बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएका छन्।