सभामुख देवराज घिमिरेले गठबन्धन दलबीच कुरा नमिल्दा समितिका सभापति चयन हुन नसकेको बताएका छन्।
बिहीबार उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता गठबन्धन दलहरूबीच मिल्न नसक्दा सभापति चयन हुन नसकेको बताएका हुन्।
उनले सभापति टुंग्याउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताएका हुन्।
‘समिति सभापति राजनीतिक पार्टीले टुंगो लगाउने हो, सत्ता गठबन्धनबिच मिलेन जस्तो छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षलाई खासै चासो दिएको देखिएन, मैले बुझेसम्म सत्ता गठबन्धनको बिचमै मिल्न सकेन।’