जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले जानकारी दिए।
आइतरबारदेखि सुरू हुने विधान अधिवेशनको तयारीका लागि बैठक बोलाइएको उनले बताए।
‘भोलिदेखि विधान अधिवेशन सुरू हुँदैछ, त्यसैको तयारी बैठक हो, पार्टीको प्रस्तावित विधान, अरू दस्तावेजमाथि छलफल हुनेछ’ उनले भने।
जसपाको विधान अधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ। राष्ट्रिय सभागृहमा हुने अधिवेशनको उद्घाटन दिउँसो १ बजे हुने उनले जानकारी दिए।