जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक जारी छ।
शनिवार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक शुरु भएको हो।आईतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बसेको हो।
विधान अधिवेशन तयारीबारे केन्द्रीय समितिको बैठकमा छलफल हुने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले जानकारी दिए।
बैठकमा पार्टीको प्रस्तावित विधानसहित अरू दस्तावेजमाथि पनि छलफल हुने उनले बताए।
जसपाले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्।
कमलादीको प्रज्ञा भवनमा हुने अधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे हुनेछ।