नेपाली कांग्रेसका नेता सशांक कोइरालाले कांग्रेसलाई पुनः जीवन दिन आवश्यक रहेको बताएका छन्।
आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी छियाछिया भएकाले जीवन दिन खाँचो रहेको बताएका हुन्।
त्यसका लागि शुभेच्छुक संस्थाहरूले पार्टी पार्टीको नेतृत्वलाई खबरदारी गर्नुपर्ने उनले बताए।
‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ। त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो,’ उनले भने,’आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ।‘
नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए।