नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन हुनुको कारणबारे विश्लेषण हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले विभाजनबारे विश्लेषण हुनुपर्ने बताएका हुन्।
‘हाम्रो अढाई वर्ष अगाडि पार्टी विभाजन भयो। त्यो विभाजन, यसले यसो भन्यो, उसले यसो भन्यो भनेर मात्रै हुन्न। त्यस पछाडिका कारणहरू के थिए, उद्देश्यहरू के थिए, किन विभाजन भयो, किन गरियो, कस्तो पृष्ठभूमिबाट त्यो विभाजन सम्भव भयो, यी कुराहरू अलिकति आउन पर्यो,’ उनले भने।
विभाजन भएको भन्नुमात्रै भन्दा पनि आन्तरिक, बाह्य कारणहरू के कस्ता थिए भन्नेबारे पनि बुझ्न जरूरी रहेको उनले बताए।