नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कर्मचारीको सरूवा बढुवा स्वचालित ढंगबाट हुने व्यवस्था गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले मापदण्ड बनाएर स्वचालित ढंगबाट सरूवा बढुवा हुने व्यवस्था गर्न माग गरेका हुन्।
पौडेलले प्रशासन सेवालाई प्रभावकारी बनाउन विभिन्न समयमा प्रशासन सुधार आयोहरू बनेपनि त्यसको प्रभावकारीता नबढेको बताए।
उनले ती आयोगले दिएको प्रतिवेदनलाई यसको प्रभावकारिता बढाउन पनि अनुरोध गरे। ‘यो आमूल परिवर्तन गर्नेगरी आएन। आमूल परिवर्तन नहुँदासम्म हामीले सुशासन प्राप्त गर्न सकिँदैन,’ उनले भने।
पौडेलले संघीय निजामती ऐनलाई सार्वजनिक बहसको विषय बनाउन पनि माग गरे।