जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने भन्दै उनले सोमबार राजीनामा बुझाएका हुन्।
'म बहालवाला न्यायाधीशले सुनुवाइ समितिमा उजुरी हाल्दा कारणहरू पनि खुलाएको छु। त्यो कुराहरूमा समिति निष्पक्ष हुन्थ्यो भने उहाँ नियुक्ति हुने अवस्था पनि हुँदैनथ्यो,' उनले भने, 'यो एउटा सुधारको पाइला हुन्थ्यो। जसलाई मैले अयोग्य भनेर उजुरी गरेँ उहाँकै मातहतमा मैले असहज महसुस गरेँ।'
उनले प्राधनन्यायाधीशमा कार्की नियुक्ति भएपछि आफूले धेरै सोच विचार गरेको पनि बताए। तर न्यायालय सुध्रिने लक्षण नदेखिएपछि आफूले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन्।
बाहिरै बसेर न्यायालय सुधारको लागि काम गर्ने पनि उनले बताएका हुन्।