कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्।
उनले सरकारको सिफारिस अनुसार असार १४ गते १ बजेलाई अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका उपसचिव नरेन्द्र श्रेष्ठका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।